- भगवान छ भन्ने सोच मान्छेले नै ल्याएको हो र यसलाई एकनएक दिन मान्छेले नै हटाउनेछ । यसलाई हटाउन समय कति लाग्छ भन्ने अहिले ठ्याकै भन्न सकिदैन तर हट्छ भन्ने ढुक्क छ ।
- यत्रो अति बिशाल "प्रकृति" लाई तपाईले एउटा अति सरल शब्द "भगवान" ले कसरी परिभाषित गर्न सक्नुहुन्छ। यदि प्रकृतिलाई साच्चै नै बुझ्न चाहनुहुन्छ भने बिज्ञानको सहारा लीनुस् नाकि धर्मंको ।
- इंडियन प्लेटमा बस्ने हिन्दुवादीहरुको रोजीरोटी नै भगवानको कारणले चलिरहेको छ , त्यही भएर होला समाजमा ३३ कड़ोड़ देवीदेवताहरु फस्टाएका छन् ।
- नत भगवानले तपाईको वर्तमान बताऊन सक्दछ , नत भविष्य नै बताऊन सक्दछ , यसले त मात्र तपाईको इतिहास बताऊन सक्दछ ।
August 15, 2016
केही रोचक तथ्यहरू ।
August 6, 2016
I am an Atheist because of the following points:
- I do not believe in god.
- I do not believe in the point that god plays a role into my decision making.
- I do not believe in any afterlife and any anything supernatural.
- I do not believe in worshipping, praying, and devoting anything which is not really existed or exists or will exist.
- I am a Science Based, Evidence Based Thinker.
भरमको खेती
हाम्रो देश/समाजको विकासलाई रोकर राख्ने थुप्रै मुद्दाहरु छन् जस मध्येको ‘भरम’ पनि एउटा ठुलो मुद्दा नै हो। भरम बिभिन्न तरीकाले हाम्रो समाजमा छरिएको छ। कतै धरमको नाममा त कतै नस्लीय जातिको नाममा त कतै उचनिचको नाममा त कतै फोहोर राजनीतीको नाममा छरिएको छ। मैले अरु भरम भन्दा पनि धरमको भरमलाई यस लेखमा बढ़ी चर्चा गर्न चाहे किन कि मेरो बिचारमा सबै भरमको मूल जड़ा धरमको भरम नै हो जस्तो मलाई लाग्छ। वास्तवमा हाम्रो समाजको अधिकांस भागमा बस्ने व्यक्तिहरु धरमको दास नै छन्। हाम्रो पौराणिक धर्म-ग्रन्थहरुमा जे लेखेका छन् चाहे त्यो सही होस् अथवा गलत नै किन नहोस् त्यसलाई आखाँ चिमलेर मान्ने हामी सोझा-साझा जनताको प्रवृती नै छ। झन त्यस भरमलाई यो समाजबाट हटाउनुपर्छ भनेर खासै कोहि लागेका पनि छैनन् र जो लागेका पनि छन् त्यसलाई यो समाजले बिभिन्न तरीकाले दबाउन मै व्यस्त छन्।
July 19, 2016
Spectrum of probabilities of human judgements about the existence of God.
- Strong theist. 100 percent probability of God. In other words , 'I do not believe, I know.'
- Very high probability but short of 100 per cent. De facto theist. 'I cannot know for certain, but I strongly believe in God and live my life on the assumption that he is there.'
- Higher than 50 per cent but not very high. Technically agnostic but leaning towards theism. 'I am very uncertain, but I am inclined to believe in God.'
July 15, 2016
"भगवान" कि "प्रकृती"
भगवानले हामीलाई बनाएको होइन , हामीले भगवानलाई बनाएका हौ ।
हामीलाई त प्रकृतिले बनाएको हो र हामीले त्यसलाई पूजा पनि गर्नु पर्दैन, मात्र प्रकृतिमा संतुलन बनाए
भैहाल्यो नि । कतिपय मान्छेलाई लागिरहेको होला की कसैले त यो ब्रह्ममाण्ड बनाएको
होला , कमसेकम त्यसको त पूजा गर्नु
पर्यो ।यदि तेस्तो सोच्दै हुनुहुन्छ भने तपाई गलत हुनुहुन्छ किनभने यो ब्रहमाण्ड
यदि कसैले बनाएको पनि छ भने त्यो निर्जीब बस्तु (non-living mass) बाट बनेको हुनसक्दछ र त्यो
निर्जीब बस्तु सँग हामीलाई डराउनु पनि पर्दैन किनभने त्यो निर्जीब बस्तु संग हामी
जस्तो सोच्न सक्ने दिमाग पनि छैन र उसलाई यो पनि थाहा छैन की मैले के बनाए ,किन बनाए, कसका लागि बनाए र कति समयको लागि
बनाए। तेसैले यस्ता वाहियात कुरो मा समय नबेर्थ गरिकन आफ्नो मानव सभ्यता र आफु
बसिरहेको प्रकृतिलाई कसरी राम्रो बनाउने हो तेसमाथि जोर दिईयो भने राम्रो हुन्थ्यो
होला ।
सोच बदल्नुहोस् , यो दुनिया आफै बदलिन्छ ।
धन्यवाद ।।।
Subscribe to:
Posts (Atom)