February 11, 2016

Concept of the word "Hindu"

The word " Hindu " means the people who belongs from the Indus Valley Civilization in the past but it doesn't means the follower of any religion.


Source: "The History of India" by Jawaharlal Neharu,Page No. 71-72

मान्छेको रूप र भगवानको मूर्ती

हिन्दू धर्ममा भगवानको कमी छैन।हामी बस्ने समाजको जुन ठाउँमा पनि भगवानको मूर्तीहरु भेटाउन सक्छौ । तर हामीले कहिले सोच्या छौ कि ती मूर्तीहरु वास्तवमा भगवान नभई यस प्रकृतिमा बस्ने मानिसहरुकै अनेक रूपहरु हुन्।उदाहरणको लागि कालीको मूर्ती हेर्यौ भने त्यसमा हामीले अक्रोशले भरिएको महिलाको रूप हेर्न सक्छौ।तेस्तै हनुमानको मूर्तीलाई हेर्यो भने हामीले मानिस भित्रको अपार शक्ति हेर्न सक्छौ।तेस्तै गणेशलाई हेर्यौ भने जनावर र मानिस बीचको पारसपरिक सम्बन्धलाई हेर्न सक्छौ।तसर्थ हामीले ती मूर्तीहरुलाई फूल,अगरबत्ती,मिठाई,पैसा,इत्यादि चढ़ाएर पूजा गर्नु भन्दा राम्रो त्यस मूर्तीहरु बाट केहि सिक्न सक्यौ भने राम्रो हुन्थ्यो ।

हिन्दू सभ्यता


  • म दीपावली मनाउछु तर लक्षमीलाई पूजा गर्दिन ।
  • म होली मनाउछु तर शिवःलाई पूजा गर्दिन ।
  • म किताब पढ़छु तर सरस्वतीलाई पूजा गर्दिन ।
  • म छठ मनाउछु तर छठीमैयालाई पूजा गर्दिन ।
  • म भाईटिका मनाउछु तर दूर्गाको पूजा गर्दिन ।
  • म हिन्दू सभ्यतालाई मान्छु तर हिन्दू देवीदेवतालाई पूजा गर्दिन ।


काल्पनिक पात्रहरु

ब्रहमा,बिष्णु, काली, सरस्वती, दुर्गा, लक्ष्मी, हनुमान, गणेश, इत्यादि सबै हिन्दू धर्मंमा राखिएको  काल्पनीक (imaginary) पात्रहरु हुन् जसलाई आँखा चिम्लेर मान्नु भनेको मूर्खता मात्र होला।यदि मेरो कुरो मान्नु हुन्छ भने जसरी कुनै कथा पढ्दा तपाई त्यस कथाको पात्र भन्दा बढ़ी मुख्य भाव माथि जोड़ दिनूहुन्छ, त्यसरी नै हिन्दू धर्मंमा राखिएका ती पात्रहरुलाई जोड़ नदिइकन दिनखोजेको मुख्य भाव वा आशय माथि अलि बढ़ी जोड़ दिइयो भने हाम्रो मानव सभ्यताको बिकास चाढै हुन्छ भने भन्न सकिन्छ।
#so_lets_try_to_change_the_trend_of_worshiping_the_god

जो भगवानलाई मान्छ त्यसको लागी

◆क्रिस्चियन,मुस्लिम,इत्यादिहरुमा एकता किन छ, के तपाईहरुलाई थाहा छ ?
→उनीहरुमा एकता हुने प्रमुख कारण यो हो की उनीहरुको धर्ममा एउटा मात्रै भगवान(GOD) छ जसको कारणले ऊनीहरुमा लगभग सबैको सोच मिल्ने गर्दछ । तर हाम्रो हिन्दू धर्ममा तेस्तो छैन । हाम्रो हिन्दू धर्ममा ३३ करोड़ देवीदेवताहरु छन् जसमा मान्छेको आफ्नो इच्छा र काम अनुसार अफ्नो लागि भगवान छान्न पाइन्छ ।कसैले भन्छ की म शिवः लाइ मान्छु त कसैले भन्छ की म कृष्ण लाई मान्छु त कसैले भन्छ की म बिश्वकर्मा लाई मान्छु त कसैले भन्छ की म गणेश लाई मान्छु त कसैले भन्छ की म काली लाई मान्छु इत्यादि...। यो के हो ? के यसले हाम्रो समाजलाई खण्डित पारेको छैन र ? एकपल्ट सोचनुस् त ? तसर्थ यदि हामी हिन्दू एकआपसमा एकता चाहन्छौ भने ३३ करोड़ देवीदेवताहरु बाट हामीलाई एउटा भगवानमा झर्नु आबश्यक छ । त्यसको लागि हिन्दू धर्मलाई एकपल्ट फेरीदेखि राम्ररी डिज़ाइन गर्नु पर्ने हुन्छ नत्र भने दिन्हुदिन हिंदुहरुको संख्या घट्दै जान्छ र अन्त्यमा हिन्दू धर्म सबैको लागि एउटा मजाक को पात्र मात्र हुदैन भने भन्न सकिदैन ।