February 18, 2016

प्रकृतिको नियम र हिन्दू धर्मको अवस्था


प्रकृतिको नियमले के भन्छ भने यस प्रकृतिमा बस्ने सम्पूर्ण मानिस लगायत जनावर,माछा बोटबिरुवा,कीरा,कीटाणु,भाइरस,इत्यादिहरु यदि समय र वातावरण अनुसार आफुलाई अपडेट गर्न सकेन भने उसको अस्तित्व एकनएक दिन ढुक्क हराउनेछ । तेस्तै इस्थिति हाम्रो हिन्दूधर्मको पनि भविष्यमा गएर हुदैन भन्ने भन्न सकिदैन।भनिन्छ कि सबैभन्दा पुरानो धर्म हिन्दूधर्म नै हो तर यस धर्तीमा भएको सबै धर्महरु मध्ये सबैभन्दा ख़राब र अन्धबिश्वासले भरिएको धर्म हिन्दू धर्मलाई नै भनिन्छ ।तै भएर होला पहिला मुस्लिमहरु र तेस पछि क्रिस्चियनहरु आएर इंडियन प्लेटेमा राज गरे।

तसर्थ हामी सबैलाई समय अनुसार ढाल्न सिक्नु पर्छ  र आफ्नो धर्म,संस्कृति,परम्परा,इत्यादिलाई समय अनुसार अपडेट गर्न सिक्नु पर्छ नत्र भने हामी सबलाई थाहा भइसकेको होला कि भविष्यमा गएर हाम्रो धर्म,संस्कृति,परम्परा,इत्यादिलाई पूरै अर्को ठाउँको धर्म,संस्कृति,परम्परा,इत्यादिले प्रतिस्थापन (replace) गर्नेछ।