जसरी नेपालमा मधेशीहरुलाई नामको लागि मात्र नेपाली भन्ने गरिन्छ, त्यसरी नै हिन्दू धर्मंमा पनि ब्राह्मण वर्ण बाहेकका लाई नामको लागि मात्र हिन्दू भन्ने गरिन्छ। झन ब्राह्मण र क्षेत्री बाहेक को त कुरै छाड़दिनुस्।ब्राह्मण र क्षेत्री बाहेकका हिन्दुहरूले आफुलाई हिन्दू धर्म मान्ने व्यक्ति मान्नु भनेको आफ्नै खुट्टामा आफैले बन्चरो हान्नु भन्दा कम नहोला।मेरो बिचारमा जति वटा जातिहरु समाजमा बनाइएको छ त्यती वटा नै धर्म हुनुपर्दछ। यदि धर्मं एउटा बनाउनु छ भने जाती पनि एउटै बनाउनु पर्दछ र त्यो जातिको नाम मानव र धर्मको नाम मानवता राख्नुपर्दछ, कि कसो?