धर्म र नशा मा खासै केहि फरक छैन । फरक यती मात्र छ कि नशाले मान्छेको
शारीरिक स्वास्थलाई बढ़ी असर पार्छ भने धर्मले मानशिक स्वास्थलाई बढ़ी असर
पार्छ । यि दुइटै कुरोले मान्छेको समस्याको समाधान कहिले गर्न सक्दैन ।
मान्छे धार्मिक हुनुको मतलब उसले नशा गरेझै बाहरी दुनियालाई खाली नाटक
गरेझै हेराउनु मात्र हो । तसर्थ: नशा गर्नाले मानिस कहिले पनि पूर्ण रुपले
समस्या मुक्त हुदैन यसले केहि बेरको लागि समस्यालाई बिर्सिने ढोंग गर्न
मद्दत मात्र गर्दछ ।
जुन समाजको मानिस जति धेरै धार्मिक हुन्छ त्यो
समाजमा तेतिनै कम मान्छे माथि उठन सक्छन् किनभने त्यो समाजमा वास्तविकता
माथि कसैले जोर दिन खोज्दैनन् र के भैरहेको छ,किन भैरहेको छ ,यस्ता प्रस्न
आफ्नो दिमाग भित्र नखेलाइकन आँखा चिमलेर जे.पि.टि. मान्न थाल्छ जसलाई
अन्धबिश्वाश पनि भनिन्छ । अहिलेको समयमा त्यो पनि हाम्रो जस्तो देशमा
मान्छेहरुलाई धार्मिक बाट यथार्थवादी बनाउनु एउटा ठूलो चुनौती भन्दा केहि
कम छैन।