August 15, 2016

केही रोचक तथ्यहरू ।

  • भगवान छ भन्ने सोच मान्छेले नै ल्याएको हो र यसलाई एकनएक दिन मान्छेले नै हटाउनेछ । यसलाई हटाउन समय कति लाग्छ भन्ने अहिले ठ्याकै भन्न सकिदैन तर हट्छ भन्ने ढुक्क छ ।
  • यत्रो अति बिशाल "प्रकृति" लाई तपाईले एउटा अति सरल शब्द "भगवान" ले कसरी परिभाषित गर्न सक्नुहुन्छ। यदि प्रकृतिलाई साच्चै नै बुझ्न चाहनुहुन्छ भने बिज्ञानको सहारा लीनुस् नाकि धर्मंको ।
  • इंडियन प्लेटमा बस्ने हिन्दुवादीहरुको रोजीरोटी नै भगवानको कारणले चलिरहेको छ , त्यही भएर होला समाजमा ३३ कड़ोड़ देवीदेवताहरु फस्टाएका छन् ।
  • नत भगवानले तपाईको वर्तमान बताऊन सक्दछ , नत भविष्य नै बताऊन सक्दछ , यसले त मात्र तपाईको इतिहास बताऊन सक्दछ ।
  • भरमको बजार खोलेर समाजमा भरम फैलाई रहेका व्यक्तिहरूले नै भनिरहेका छन् कि हामीले फैलाएको भरम नै वास्तविक हिन्दू धरम हो, थुइक्क जिन्दगी ।
  • जुन धर्ममा जति बढ़ी काल्पनिक भगवान र अन्धबिश्वाशको चर्चा हुन्छ , त्यो धर्म त्यतिनै ख़राब हुनपुग्दछ र जुन धर्ममा जति बढ़ी आम व्यक्ति र वास्तविक्ताको चर्चा हुन्छ , त्यो धर्म त्यतिनै राम्रो हुनपुग्दछ ।
  • विश्वमा सबै भन्दा डरफ़ोक भनेको हिन्दू नै हो , तै भएर होला दुनिया भरको अन्धबिश्वाश थुपारेर बसेका छन् र तै अन्धबिश्वाश को मौका मा चौका हानेर केहि हिन्दुवादीहरूले बिज़नेस गरिरहेका छन् ।
  • यदि हिन्दू धर्मं को डिज़ाइन राम्ररी भएको थियो भने क्रिस्चियन र मुस्लिम आएर इंडियन प्लेट मा राज गर्दैन थियो होला र अबपनि समयमै हिन्दू धर्मं को राम्ररी डिज़ाइन गरिएन भने भविष्यमा गएर हिन्दू धर्मको अस्तित्व गायब हुदैन भने भन्न सकिदैन ।
  • हामी हिन्दूहरुलाई सितैमा ३३ कड़ोड़ देवीदेवताका गुजारा चलाई दिनुपर्छ, आफ्नो छाक पुगोस् या नपुगोस् तर उनीहरुका ठेकेदारका छाक पुरा गराई दिनुपर्छ।अब भन्नुस् यस्तो स्थितिमा मान्छे गरीब हुदैन भने के हुन्छ ।
  • हिन्दुवादीहरुले समाजमा धरम कम ,भरम ज्यादा फैलाइरहेका छन् , तै भएर भविष्यमा गएर हिन्दू धर्म संकटमा पर्ने ढुक्क छ।

No comments: