August 6, 2016

भरमको खेती

हाम्रो देश/समाजको विकासलाई रोकर राख्ने थुप्रै मुद्दाहरु छन् जस मध्येको ‘भरम’ पनि एउटा ठुलो मुद्दा नै हो। भरम बिभिन्न तरीकाले हाम्रो समाजमा छरिएको छ। कतै धरमको नाममा त कतै नस्लीय जातिको नाममा त कतै उचनिचको नाममा त कतै फोहोर राजनीतीको नाममा छरिएको छ। मैले अरु भरम भन्दा पनि धरमको भरमलाई यस लेखमा बढ़ी चर्चा गर्न चाहे किन कि मेरो बिचारमा सबै भरमको मूल जड़ा धरमको भरम नै हो जस्तो मलाई लाग्छ। वास्तवमा हाम्रो समाजको अधिकांस भागमा बस्ने व्यक्तिहरु धरमको दास नै छन्। हाम्रो पौराणिक धर्म-ग्रन्थहरुमा जे लेखेका छन् चाहे त्यो सही होस् अथवा गलत नै किन नहोस् त्यसलाई आखाँ चिमलेर मान्ने हामी सोझा-साझा जनताको प्रवृती नै छ। झन त्यस भरमलाई यो समाजबाट हटाउनुपर्छ भनेर खासै कोहि लागेका पनि छैनन् र जो लागेका पनि छन् त्यसलाई यो समाजले बिभिन्न तरीकाले दबाउन मै व्यस्त छन्। 

समाजमा अनेक-अनेक किसिमका मान्छेहरु बस्ने गर्छन् र सबैको विचार पनि फरक-फरक हुन्छन्। कुनै-कुनै यस्ता पनि विचार हुन्छन् जो प्राय सबै संग मिल्न जान्छ। उदाहरणको लागि पृथ्वी गोलो छ, सूर्यको वरिपरि पृथ्वी धुम्ने गर्छ, इत्यादी। यि विचारहरु त एकदम सत्य कुरा हुन् तर कुनै-कुनै यस्ता पनि विश्वास छन् जसमा कुनै सत्यता छैनन् तर पनि अधिकांस मानिसहरु आखाँ चिम्लेर मान्ने गर्छन्। त्यसता अंधविस्वास हार्मो समाजमा कति छन् कति। तेस्मा पनि हाम्रो समाजमा यति न भरम फैलिसकेको छ कि सत्य के हो गलत के हो छुट्याउनै गारो भैसकेको छ। अहिलेको वर्तमान परिपेक्षमा पनि हाम्रो जस्तो देशमा मान्छेलाई सजिलै संग भ्रमित गर्न सकिन्छ र बिभिन्न किसिमले मान्छेहरुको दिमाग संग खेल्ने दुष्प्रयास गर्ने गरिन्छ । तर दुरभाग्यवस् त्यसता व्यक्तित्वहरु खुलेआम समाजमा घूमीरहेका छन् र सजिलै संग भरम फैलाउदै हिडेका छन्। समाजवाट भरम कसरी चीर्ने मा नत सरकारको कुन्नै चासो छ नत जनताकै र यो अहिलेको लागि एउटा ठुलो चुनौती नै बन्न पुगेको छ। यस विषयमा देश र जनताको पनि ध्यान जाओस् भनेर सम्पूर्णमा आफ्नो छोटो विचार राखेको छु। धन्यवाद।       

No comments: