July 15, 2016

"भगवान" कि "प्रकृती"

भगवानले हामीलाई बनाएको होइन , हामीले भगवानलाई बनाएका हौ । हामीलाई त प्रकृतिले बनाएको हो र हामीले त्यसलाई पूजा पनि गर्नु पर्दैन, मात्र प्रकृतिमा संतुलन बनाए भैहाल्यो नि । कतिपय मान्छेलाई लागिरहेको होला की कसैले त यो ब्रह्ममाण्ड बनाएको होला , कमसेकम त्यसको त पूजा गर्नु पर्यो ।यदि तेस्तो सोच्दै हुनुहुन्छ भने तपाई गलत हुनुहुन्छ किनभने यो ब्रहमाण्ड यदि कसैले बनाएको पनि छ भने त्यो निर्जीब बस्तु (non-living mass) बाट बनेको हुनसक्दछ र त्यो निर्जीब बस्तु सँग हामीलाई डराउनु पनि पर्दैन किनभने त्यो निर्जीब बस्तु संग हामी जस्तो सोच्न सक्ने दिमाग पनि छैन र उसलाई यो पनि थाहा छैन की मैले के बनाए ,किन बनाए, कसका लागि बनाए र कति समयको लागि बनाए। तेसैले यस्ता वाहियात कुरो मा समय नबेर्थ गरिकन आफ्नो मानव सभ्यता र आफु बसिरहेको प्रकृतिलाई कसरी राम्रो बनाउने हो तेसमाथि जोर दिईयो भने राम्रो हुन्थ्यो होला ।
सोच बदल्नुहोस् , यो दुनिया आफै बदलिन्छ ।


धन्यवाद ।।।