May 14, 2016

जातिवाद र धरमको भरम

इंडियन प्लेटमा बर्षौ देखि चलिआईरहेको जातिय गुलामी जस्तो भयंकर गुलामी तपाईले बिश्वको कुनै कुनामा भेटाउन सकनु हुन्न । अरु ठाउँमा त श्रमको आधारमा गुलामी हुनेगदर्छ तर यहाँ त सीधै मान्छेको मानशिक स्थिति संग खेलवाड़ गरिदै छ। भनिन्छ कि ब्रिटिशहरुले इंडियन प्लेटमा आएर "DIVIDE AND RULE" गर्यो रे तर वास्तवमा ब्रिटिशहरु इंडियन प्लेटमा आउनु भन्दा कयौ बर्ष अगाडी देखि नै ब्राह्मणवादीहरुले समाजलाई अनेकौ जातजातिमा बिभाजन गरिसकेका थिए र त्यस बिभाजित समाजमा एउटा जातिलाई अर्को जाति संग कसरी झगडा लगाउने तीर उनीहरूले दिमाग खेलाउन थाले र बिभाजित समाजलाई भगवानको नाममा , धर्मको नाममा राज गर्न तीर लागि पडे। ब्राह्मणवादीहरुले कयौ बर्ष अगाडी नै फैलाएको बिष अहिले आएर क्षेत्रीवादीहरूले कम गर्नुको सट्टा झन त्यो बिषलाई समाजमा छर्न तिर लागि पडेका छन् र यो जातीय गुलामीको बिषलाई कसले अन्त्य गर्न तिर लाग्ने होला त्यसको संकेतहरु पनि समाजमा खोतेल्न मलाई गा्हो नै भैरहेको छ ।