February 24, 2016

धर्म र नशा


धर्म र नशा मा खासै केहि फरक छैन । फरक यती मात्र छ कि नशाले मान्छेको शारीरिक स्वास्थलाई बढ़ी असर पार्छ भने धर्मले मानशिक स्वास्थलाई बढ़ी असर पार्छ । यि दुइटै कुरोले मान्छेको समस्याको समाधान कहिले गर्न सक्दैन । मान्छे धार्मिक हुनुको मतलब उसले नशा गरेझै बाहरी दुनियालाई खाली नाटक गरेझै हेराउनु मात्र हो । तसर्थ: नशा गर्नाले मानिस कहिले पनि पूर्ण रुपले समस्या मुक्त हुदैन यसले केहि बेरको लागि समस्यालाई बिर्सिने ढोंग गर्न मद्दत मात्र गर्दछ । 

जुन समाजको मानिस जति धेरै धार्मिक हुन्छ त्यो समाजमा तेतिनै कम मान्छे माथि उठन सक्छन् किनभने त्यो समाजमा वास्तविकता माथि कसैले जोर दिन खोज्दैनन् र के भैरहेको छ,किन भैरहेको छ ,यस्ता प्रस्न आफ्नो दिमाग भित्र नखेलाइकन आँखा चिमलेर जे.पि.टि. मान्न थाल्छ जसलाई अन्धबिश्वाश पनि भनिन्छ । अहिलेको समयमा त्यो पनि हाम्रो जस्तो देशमा मान्छेहरुलाई धार्मिक बाट यथार्थवादी बनाउनु एउटा ठूलो चुनौती भन्दा केहि कम छैन।

February 21, 2016

सत्यको खोजी र भरमले भरिएको मन्दिर


यदि तपाई कतै मन्दिर तिर सत्यको खोजिमा लाग्दै हुनुहुन्छ भने तपाई यो नसोच्नुस् कि तपाईले समातेको बाटो सही छ, झन तपाई आफुलाई सत्यको बाटोभन्दा टाढा धकेल्दै हुनुहुन्छ र जानेर वा नजानेर तपाई आफुलाई भरम को बाटोमा लग्दै हुनुहुन्छ जसले भविष्यमा गएर तपाईको सोच्न सक्ने दिमागलाई झन सानो बनाउनमा मद्दत पुर्याउने छ ।

त्यसैले कतै लाग्नु भन्दा पहिला आफुलाई हजार पल्ट सोधनुस् कि मैले समातेको बाटो सही छ कि छैन।तसर्थ: यदि तपाईलाई सत्यको बाटो समातनु छ भने जहिले पनि आफ्नो दिलको सुन्नुस् र साँचो बोल्ने सोच तिर लाग्नुस्।

February 20, 2016

किन इंडियन प्लेटेको कुनै देश हिन्दू राष्ट्र बन्न सकिरहेको छैन ?


यदि हिन्दू धर्मं साच्चै नै राम्रो धर्म हो भने हिन्दू राष्ट्र भइसकेको देश "नेपाल" लाई किन धर्म निरपेक्ष राष्ट्र बनाइएको छ । त्यस्तै इंडिया जब ब्रिटिस हुकूमतबाट स्वतन्त्रता पायो त्यपछि इंडियालाई हिन्दुस्तान र पाकिस्तान बनाउने सोच अघि सर्यो । जस मध्ये पाकिस्तान त बन्यो तर हिन्दुस्तान चै अहिले सम्म किन बन्न सकिरहेको छैन । केहि कमि कमजोरीहरु पक्कै होला हिन्दू धर्ममा , जसको कारणले इंडियन प्लेटका अधिकांश हिन्दूहरु आफनै धर्मलाई ख़राब भनिरहेका छन् र आफुलाई हिन्दू राष्ट्रको नागरिक कहलाउन तैयार छैनन् ।

February 18, 2016

प्रकृतिको नियम र हिन्दू धर्मको अवस्था


प्रकृतिको नियमले के भन्छ भने यस प्रकृतिमा बस्ने सम्पूर्ण मानिस लगायत जनावर,माछा बोटबिरुवा,कीरा,कीटाणु,भाइरस,इत्यादिहरु यदि समय र वातावरण अनुसार आफुलाई अपडेट गर्न सकेन भने उसको अस्तित्व एकनएक दिन ढुक्क हराउनेछ । तेस्तै इस्थिति हाम्रो हिन्दूधर्मको पनि भविष्यमा गएर हुदैन भन्ने भन्न सकिदैन।भनिन्छ कि सबैभन्दा पुरानो धर्म हिन्दूधर्म नै हो तर यस धर्तीमा भएको सबै धर्महरु मध्ये सबैभन्दा ख़राब र अन्धबिश्वासले भरिएको धर्म हिन्दू धर्मलाई नै भनिन्छ ।तै भएर होला पहिला मुस्लिमहरु र तेस पछि क्रिस्चियनहरु आएर इंडियन प्लेटेमा राज गरे।

तसर्थ हामी सबैलाई समय अनुसार ढाल्न सिक्नु पर्छ  र आफ्नो धर्म,संस्कृति,परम्परा,इत्यादिलाई समय अनुसार अपडेट गर्न सिक्नु पर्छ नत्र भने हामी सबलाई थाहा भइसकेको होला कि भविष्यमा गएर हाम्रो धर्म,संस्कृति,परम्परा,इत्यादिलाई पूरै अर्को ठाउँको धर्म,संस्कृति,परम्परा,इत्यादिले प्रतिस्थापन (replace) गर्नेछ।

February 15, 2016

भगवान र मान्छेको सोच


भगवान छ भन्ने सोच मान्छेले नै ल्याएको हो र यसलाई एकनएक दिन मान्छेले नै हटाउनेछ । यसलाई हटाउन समय कति लाग्छ भन्ने अहिले ठ्याकै भन्न सकिदैन तर हट्छ भन्ने ढुक्क छ ।

February 13, 2016

पूजा कि ध्यान


एक घण्टा लाइनमा लागेर मात्र १०/१५ सेकण्डको लागि कुनै मूर्तीलाई फूल अगरबत्ती चढ़ाउनु भन्दा राम्रो बिहानै उठेर १०/१५ मिनेट आफ्नो कोठा मै बसेर ध्यान (meditation) गर्यो भने १००० गुणा बढी फलदायी हुन्छ ।
#सोच्_बदल्नुस्

February 12, 2016

डर का बिज़नेस

(Q) इंडियन प्लेटमा सबै भन्दा धेरै फस्टाएको बिज़नेस कुन हो ?
≫ डर का बिज़नेस (Business of fear i.e. extra profit with very less investment )

February 11, 2016

Concept of the word "Hindu"

The word " Hindu " means the people who belongs from the Indus Valley Civilization in the past but it doesn't means the follower of any religion.


Source: "The History of India" by Jawaharlal Neharu,Page No. 71-72

मान्छेको रूप र भगवानको मूर्ती

हिन्दू धर्ममा भगवानको कमी छैन।हामी बस्ने समाजको जुन ठाउँमा पनि भगवानको मूर्तीहरु भेटाउन सक्छौ । तर हामीले कहिले सोच्या छौ कि ती मूर्तीहरु वास्तवमा भगवान नभई यस प्रकृतिमा बस्ने मानिसहरुकै अनेक रूपहरु हुन्।उदाहरणको लागि कालीको मूर्ती हेर्यौ भने त्यसमा हामीले अक्रोशले भरिएको महिलाको रूप हेर्न सक्छौ।तेस्तै हनुमानको मूर्तीलाई हेर्यो भने हामीले मानिस भित्रको अपार शक्ति हेर्न सक्छौ।तेस्तै गणेशलाई हेर्यौ भने जनावर र मानिस बीचको पारसपरिक सम्बन्धलाई हेर्न सक्छौ।तसर्थ हामीले ती मूर्तीहरुलाई फूल,अगरबत्ती,मिठाई,पैसा,इत्यादि चढ़ाएर पूजा गर्नु भन्दा राम्रो त्यस मूर्तीहरु बाट केहि सिक्न सक्यौ भने राम्रो हुन्थ्यो ।

हिन्दू सभ्यता


  • म दीपावली मनाउछु तर लक्षमीलाई पूजा गर्दिन ।
  • म होली मनाउछु तर शिवःलाई पूजा गर्दिन ।
  • म किताब पढ़छु तर सरस्वतीलाई पूजा गर्दिन ।
  • म छठ मनाउछु तर छठीमैयालाई पूजा गर्दिन ।
  • म भाईटिका मनाउछु तर दूर्गाको पूजा गर्दिन ।
  • म हिन्दू सभ्यतालाई मान्छु तर हिन्दू देवीदेवतालाई पूजा गर्दिन ।


काल्पनिक पात्रहरु

ब्रहमा,बिष्णु, काली, सरस्वती, दुर्गा, लक्ष्मी, हनुमान, गणेश, इत्यादि सबै हिन्दू धर्मंमा राखिएको  काल्पनीक (imaginary) पात्रहरु हुन् जसलाई आँखा चिम्लेर मान्नु भनेको मूर्खता मात्र होला।यदि मेरो कुरो मान्नु हुन्छ भने जसरी कुनै कथा पढ्दा तपाई त्यस कथाको पात्र भन्दा बढ़ी मुख्य भाव माथि जोड़ दिनूहुन्छ, त्यसरी नै हिन्दू धर्मंमा राखिएका ती पात्रहरुलाई जोड़ नदिइकन दिनखोजेको मुख्य भाव वा आशय माथि अलि बढ़ी जोड़ दिइयो भने हाम्रो मानव सभ्यताको बिकास चाढै हुन्छ भने भन्न सकिन्छ।
#so_lets_try_to_change_the_trend_of_worshiping_the_god

जो भगवानलाई मान्छ त्यसको लागी

◆क्रिस्चियन,मुस्लिम,इत्यादिहरुमा एकता किन छ, के तपाईहरुलाई थाहा छ ?
→उनीहरुमा एकता हुने प्रमुख कारण यो हो की उनीहरुको धर्ममा एउटा मात्रै भगवान(GOD) छ जसको कारणले ऊनीहरुमा लगभग सबैको सोच मिल्ने गर्दछ । तर हाम्रो हिन्दू धर्ममा तेस्तो छैन । हाम्रो हिन्दू धर्ममा ३३ करोड़ देवीदेवताहरु छन् जसमा मान्छेको आफ्नो इच्छा र काम अनुसार अफ्नो लागि भगवान छान्न पाइन्छ ।कसैले भन्छ की म शिवः लाइ मान्छु त कसैले भन्छ की म कृष्ण लाई मान्छु त कसैले भन्छ की म बिश्वकर्मा लाई मान्छु त कसैले भन्छ की म गणेश लाई मान्छु त कसैले भन्छ की म काली लाई मान्छु इत्यादि...। यो के हो ? के यसले हाम्रो समाजलाई खण्डित पारेको छैन र ? एकपल्ट सोचनुस् त ? तसर्थ यदि हामी हिन्दू एकआपसमा एकता चाहन्छौ भने ३३ करोड़ देवीदेवताहरु बाट हामीलाई एउटा भगवानमा झर्नु आबश्यक छ । त्यसको लागि हिन्दू धर्मलाई एकपल्ट फेरीदेखि राम्ररी डिज़ाइन गर्नु पर्ने हुन्छ नत्र भने दिन्हुदिन हिंदुहरुको संख्या घट्दै जान्छ र अन्त्यमा हिन्दू धर्म सबैको लागि एउटा मजाक को पात्र मात्र हुदैन भने भन्न सकिदैन ।