February 11, 2016

जो भगवानलाई मान्छ त्यसको लागी

◆क्रिस्चियन,मुस्लिम,इत्यादिहरुमा एकता किन छ, के तपाईहरुलाई थाहा छ ?
→उनीहरुमा एकता हुने प्रमुख कारण यो हो की उनीहरुको धर्ममा एउटा मात्रै भगवान(GOD) छ जसको कारणले ऊनीहरुमा लगभग सबैको सोच मिल्ने गर्दछ । तर हाम्रो हिन्दू धर्ममा तेस्तो छैन । हाम्रो हिन्दू धर्ममा ३३ करोड़ देवीदेवताहरु छन् जसमा मान्छेको आफ्नो इच्छा र काम अनुसार अफ्नो लागि भगवान छान्न पाइन्छ ।कसैले भन्छ की म शिवः लाइ मान्छु त कसैले भन्छ की म कृष्ण लाई मान्छु त कसैले भन्छ की म बिश्वकर्मा लाई मान्छु त कसैले भन्छ की म गणेश लाई मान्छु त कसैले भन्छ की म काली लाई मान्छु इत्यादि...। यो के हो ? के यसले हाम्रो समाजलाई खण्डित पारेको छैन र ? एकपल्ट सोचनुस् त ? तसर्थ यदि हामी हिन्दू एकआपसमा एकता चाहन्छौ भने ३३ करोड़ देवीदेवताहरु बाट हामीलाई एउटा भगवानमा झर्नु आबश्यक छ । त्यसको लागि हिन्दू धर्मलाई एकपल्ट फेरीदेखि राम्ररी डिज़ाइन गर्नु पर्ने हुन्छ नत्र भने दिन्हुदिन हिंदुहरुको संख्या घट्दै जान्छ र अन्त्यमा हिन्दू धर्म सबैको लागि एउटा मजाक को पात्र मात्र हुदैन भने भन्न सकिदैन ।


No comments: