February 24, 2016

धर्म र नशा


धर्म र नशा मा खासै केहि फरक छैन । फरक यती मात्र छ कि नशाले मान्छेको शारीरिक स्वास्थलाई बढ़ी असर पार्छ भने धर्मले मानशिक स्वास्थलाई बढ़ी असर पार्छ । यि दुइटै कुरोले मान्छेको समस्याको समाधान कहिले गर्न सक्दैन । मान्छे धार्मिक हुनुको मतलब उसले नशा गरेझै बाहरी दुनियालाई खाली नाटक गरेझै हेराउनु मात्र हो । तसर्थ: नशा गर्नाले मानिस कहिले पनि पूर्ण रुपले समस्या मुक्त हुदैन यसले केहि बेरको लागि समस्यालाई बिर्सिने ढोंग गर्न मद्दत मात्र गर्दछ । 

जुन समाजको मानिस जति धेरै धार्मिक हुन्छ त्यो समाजमा तेतिनै कम मान्छे माथि उठन सक्छन् किनभने त्यो समाजमा वास्तविकता माथि कसैले जोर दिन खोज्दैनन् र के भैरहेको छ,किन भैरहेको छ ,यस्ता प्रस्न आफ्नो दिमाग भित्र नखेलाइकन आँखा चिमलेर जे.पि.टि. मान्न थाल्छ जसलाई अन्धबिश्वाश पनि भनिन्छ । अहिलेको समयमा त्यो पनि हाम्रो जस्तो देशमा मान्छेहरुलाई धार्मिक बाट यथार्थवादी बनाउनु एउटा ठूलो चुनौती भन्दा केहि कम छैन।

No comments: