April 27, 2016

जातिवाद

"An eye for an eye makes the world blind." 
 यो कुरो इंडियन प्लेटेमा हजारौं साल पहिले नै जातिवाद मार्फत लागु भैसकेको थियो र अहिले पनि अधिकांश मानिसहरु यस विषयमा अन्धो नै छन् । जातिवादलाई अगाडी बढाउने मुख्य वाद " ब्राह्मणवाद " हो । आफुलाई विद्वान ठान्ने ब्राह्मणहरुले आफ्नो जातीय स्वार्थको लागि धेरै अगाडी नै समाजलाई अनेक जातजातीमा बिभाजन गरिसकेका थिए जसमा उनिहरुले आफुलाई अग्र श्रेणीमा राखेका थिए , जसले हाम्रो समाजलाई अहिले सम्म पीडा दिईरहेको छ । भारत र नेपाल जस्तो देशमा अहिले सम्म पनि ब्राह्मणबाद नै चलिरहेको छ र जुन गुलामी अमेरिकामा २००/३०० साल अगाडी गोरा र काला का बिच भईरहेको थियो , त्यो भन्दा त कयौ गुना बढ़ी गुलामी जातिवाद मार्फ़त हाम्रो समाजमा अहिले पनि चलिरहेको छ । सायद जातिवाद नै मुख्य कारण होला जसको कारणले हाम्रो समाज यति धेरै पछाडि परेको छ र यसलाई सही समय मै हटाईएन भने फेरी पनि बाहिरी शक्तिले हामीलाई अनेकौ तरिकाले गुलाम बनाउदैन भने भन्न सकिदैन ।

February 24, 2016

धर्म र नशा


धर्म र नशा मा खासै केहि फरक छैन । फरक यती मात्र छ कि नशाले मान्छेको शारीरिक स्वास्थलाई बढ़ी असर पार्छ भने धर्मले मानशिक स्वास्थलाई बढ़ी असर पार्छ । यि दुइटै कुरोले मान्छेको समस्याको समाधान कहिले गर्न सक्दैन । मान्छे धार्मिक हुनुको मतलब उसले नशा गरेझै बाहरी दुनियालाई खाली नाटक गरेझै हेराउनु मात्र हो । तसर्थ: नशा गर्नाले मानिस कहिले पनि पूर्ण रुपले समस्या मुक्त हुदैन यसले केहि बेरको लागि समस्यालाई बिर्सिने ढोंग गर्न मद्दत मात्र गर्दछ । 

जुन समाजको मानिस जति धेरै धार्मिक हुन्छ त्यो समाजमा तेतिनै कम मान्छे माथि उठन सक्छन् किनभने त्यो समाजमा वास्तविकता माथि कसैले जोर दिन खोज्दैनन् र के भैरहेको छ,किन भैरहेको छ ,यस्ता प्रस्न आफ्नो दिमाग भित्र नखेलाइकन आँखा चिमलेर जे.पि.टि. मान्न थाल्छ जसलाई अन्धबिश्वाश पनि भनिन्छ । अहिलेको समयमा त्यो पनि हाम्रो जस्तो देशमा मान्छेहरुलाई धार्मिक बाट यथार्थवादी बनाउनु एउटा ठूलो चुनौती भन्दा केहि कम छैन।

February 21, 2016

सत्यको खोजी र भरमले भरिएको मन्दिर


यदि तपाई कतै मन्दिर तिर सत्यको खोजिमा लाग्दै हुनुहुन्छ भने तपाई यो नसोच्नुस् कि तपाईले समातेको बाटो सही छ, झन तपाई आफुलाई सत्यको बाटोभन्दा टाढा धकेल्दै हुनुहुन्छ र जानेर वा नजानेर तपाई आफुलाई भरम को बाटोमा लग्दै हुनुहुन्छ जसले भविष्यमा गएर तपाईको सोच्न सक्ने दिमागलाई झन सानो बनाउनमा मद्दत पुर्याउने छ ।

त्यसैले कतै लाग्नु भन्दा पहिला आफुलाई हजार पल्ट सोधनुस् कि मैले समातेको बाटो सही छ कि छैन।तसर्थ: यदि तपाईलाई सत्यको बाटो समातनु छ भने जहिले पनि आफ्नो दिलको सुन्नुस् र साँचो बोल्ने सोच तिर लाग्नुस्।

February 20, 2016

किन इंडियन प्लेटेको कुनै देश हिन्दू राष्ट्र बन्न सकिरहेको छैन ?


यदि हिन्दू धर्मं साच्चै नै राम्रो धर्म हो भने हिन्दू राष्ट्र भइसकेको देश "नेपाल" लाई किन धर्म निरपेक्ष राष्ट्र बनाइएको छ । त्यस्तै इंडिया जब ब्रिटिस हुकूमतबाट स्वतन्त्रता पायो त्यपछि इंडियालाई हिन्दुस्तान र पाकिस्तान बनाउने सोच अघि सर्यो । जस मध्ये पाकिस्तान त बन्यो तर हिन्दुस्तान चै अहिले सम्म किन बन्न सकिरहेको छैन । केहि कमि कमजोरीहरु पक्कै होला हिन्दू धर्ममा , जसको कारणले इंडियन प्लेटका अधिकांश हिन्दूहरु आफनै धर्मलाई ख़राब भनिरहेका छन् र आफुलाई हिन्दू राष्ट्रको नागरिक कहलाउन तैयार छैनन् ।

February 18, 2016

प्रकृतिको नियम र हिन्दू धर्मको अवस्था


प्रकृतिको नियमले के भन्छ भने यस प्रकृतिमा बस्ने सम्पूर्ण मानिस लगायत जनावर,माछा बोटबिरुवा,कीरा,कीटाणु,भाइरस,इत्यादिहरु यदि समय र वातावरण अनुसार आफुलाई अपडेट गर्न सकेन भने उसको अस्तित्व एकनएक दिन ढुक्क हराउनेछ । तेस्तै इस्थिति हाम्रो हिन्दूधर्मको पनि भविष्यमा गएर हुदैन भन्ने भन्न सकिदैन।भनिन्छ कि सबैभन्दा पुरानो धर्म हिन्दूधर्म नै हो तर यस धर्तीमा भएको सबै धर्महरु मध्ये सबैभन्दा ख़राब र अन्धबिश्वासले भरिएको धर्म हिन्दू धर्मलाई नै भनिन्छ ।तै भएर होला पहिला मुस्लिमहरु र तेस पछि क्रिस्चियनहरु आएर इंडियन प्लेटेमा राज गरे।

तसर्थ हामी सबैलाई समय अनुसार ढाल्न सिक्नु पर्छ  र आफ्नो धर्म,संस्कृति,परम्परा,इत्यादिलाई समय अनुसार अपडेट गर्न सिक्नु पर्छ नत्र भने हामी सबलाई थाहा भइसकेको होला कि भविष्यमा गएर हाम्रो धर्म,संस्कृति,परम्परा,इत्यादिलाई पूरै अर्को ठाउँको धर्म,संस्कृति,परम्परा,इत्यादिले प्रतिस्थापन (replace) गर्नेछ।