February 21, 2016

सत्यको खोजी र भरमले भरिएको मन्दिर


यदि तपाई कतै मन्दिर तिर सत्यको खोजिमा लाग्दै हुनुहुन्छ भने तपाई यो नसोच्नुस् कि तपाईले समातेको बाटो सही छ, झन तपाई आफुलाई सत्यको बाटोभन्दा टाढा धकेल्दै हुनुहुन्छ र जानेर वा नजानेर तपाई आफुलाई भरम को बाटोमा लग्दै हुनुहुन्छ जसले भविष्यमा गएर तपाईको सोच्न सक्ने दिमागलाई झन सानो बनाउनमा मद्दत पुर्याउने छ ।

त्यसैले कतै लाग्नु भन्दा पहिला आफुलाई हजार पल्ट सोधनुस् कि मैले समातेको बाटो सही छ कि छैन।तसर्थ: यदि तपाईलाई सत्यको बाटो समातनु छ भने जहिले पनि आफ्नो दिलको सुन्नुस् र साँचो बोल्ने सोच तिर लाग्नुस्।

February 20, 2016

किन इंडियन प्लेटेको कुनै देश हिन्दू राष्ट्र बन्न सकिरहेको छैन ?


यदि हिन्दू धर्मं साच्चै नै राम्रो धर्म हो भने हिन्दू राष्ट्र भइसकेको देश "नेपाल" लाई किन धर्म निरपेक्ष राष्ट्र बनाइएको छ । त्यस्तै इंडिया जब ब्रिटिस हुकूमतबाट स्वतन्त्रता पायो त्यपछि इंडियालाई हिन्दुस्तान र पाकिस्तान बनाउने सोच अघि सर्यो । जस मध्ये पाकिस्तान त बन्यो तर हिन्दुस्तान चै अहिले सम्म किन बन्न सकिरहेको छैन । केहि कमि कमजोरीहरु पक्कै होला हिन्दू धर्ममा , जसको कारणले इंडियन प्लेटका अधिकांश हिन्दूहरु आफनै धर्मलाई ख़राब भनिरहेका छन् र आफुलाई हिन्दू राष्ट्रको नागरिक कहलाउन तैयार छैनन् ।

February 18, 2016

प्रकृतिको नियम र हिन्दू धर्मको अवस्था


प्रकृतिको नियमले के भन्छ भने यस प्रकृतिमा बस्ने सम्पूर्ण मानिस लगायत जनावर,माछा बोटबिरुवा,कीरा,कीटाणु,भाइरस,इत्यादिहरु यदि समय र वातावरण अनुसार आफुलाई अपडेट गर्न सकेन भने उसको अस्तित्व एकनएक दिन ढुक्क हराउनेछ । तेस्तै इस्थिति हाम्रो हिन्दूधर्मको पनि भविष्यमा गएर हुदैन भन्ने भन्न सकिदैन।भनिन्छ कि सबैभन्दा पुरानो धर्म हिन्दूधर्म नै हो तर यस धर्तीमा भएको सबै धर्महरु मध्ये सबैभन्दा ख़राब र अन्धबिश्वासले भरिएको धर्म हिन्दू धर्मलाई नै भनिन्छ ।तै भएर होला पहिला मुस्लिमहरु र तेस पछि क्रिस्चियनहरु आएर इंडियन प्लेटेमा राज गरे।

तसर्थ हामी सबैलाई समय अनुसार ढाल्न सिक्नु पर्छ  र आफ्नो धर्म,संस्कृति,परम्परा,इत्यादिलाई समय अनुसार अपडेट गर्न सिक्नु पर्छ नत्र भने हामी सबलाई थाहा भइसकेको होला कि भविष्यमा गएर हाम्रो धर्म,संस्कृति,परम्परा,इत्यादिलाई पूरै अर्को ठाउँको धर्म,संस्कृति,परम्परा,इत्यादिले प्रतिस्थापन (replace) गर्नेछ।

February 15, 2016

भगवान र मान्छेको सोच


भगवान छ भन्ने सोच मान्छेले नै ल्याएको हो र यसलाई एकनएक दिन मान्छेले नै हटाउनेछ । यसलाई हटाउन समय कति लाग्छ भन्ने अहिले ठ्याकै भन्न सकिदैन तर हट्छ भन्ने ढुक्क छ ।

February 13, 2016

पूजा कि ध्यान


एक घण्टा लाइनमा लागेर मात्र १०/१५ सेकण्डको लागि कुनै मूर्तीलाई फूल अगरबत्ती चढ़ाउनु भन्दा राम्रो बिहानै उठेर १०/१५ मिनेट आफ्नो कोठा मै बसेर ध्यान (meditation) गर्यो भने १००० गुणा बढी फलदायी हुन्छ ।
#सोच्_बदल्नुस्