April 27, 2016

जातिवाद

"An eye for an eye makes the world blind." 
 यो कुरो इंडियन प्लेटेमा हजारौं साल पहिले नै जातिवाद मार्फत लागु भैसकेको थियो र अहिले पनि अधिकांश मानिसहरु यस विषयमा अन्धो नै छन् । जातिवादलाई अगाडी बढाउने मुख्य वाद " ब्राह्मणवाद " हो । आफुलाई विद्वान ठान्ने ब्राह्मणहरुले आफ्नो जातीय स्वार्थको लागि धेरै अगाडी नै समाजलाई अनेक जातजातीमा बिभाजन गरिसकेका थिए जसमा उनिहरुले आफुलाई अग्र श्रेणीमा राखेका थिए , जसले हाम्रो समाजलाई अहिले सम्म पीडा दिईरहेको छ । भारत र नेपाल जस्तो देशमा अहिले सम्म पनि ब्राह्मणबाद नै चलिरहेको छ र जुन गुलामी अमेरिकामा २००/३०० साल अगाडी गोरा र काला का बिच भईरहेको थियो , त्यो भन्दा त कयौ गुना बढ़ी गुलामी जातिवाद मार्फ़त हाम्रो समाजमा अहिले पनि चलिरहेको छ । सायद जातिवाद नै मुख्य कारण होला जसको कारणले हाम्रो समाज यति धेरै पछाडि परेको छ र यसलाई सही समय मै हटाईएन भने फेरी पनि बाहिरी शक्तिले हामीलाई अनेकौ तरिकाले गुलाम बनाउदैन भने भन्न सकिदैन ।